टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार सहकर्मी माधब पनेरुलाई

  • पोखरा ।
इमान्दार मिडिया बरिष्ठ संवाददाता माधब पनेरु पुरुस्कृत हुने भएका छन् । पनेरु टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पुरुस्कृत हुन् लागेका हुन्।

कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको कार्यसमिति बैठकबाट पोखरामा रहेर डेढ दशकभन्दा बढी समय पत्रकारिता गरेका पनेरुलाई पुरस्कार दिने निर्णय भएको हो । 

डेढ दशकभन्दा अघिदेखि निरन्तर पत्रकारिता पेशामा सकृय पनेरु हाल इमान्दार मिडियाका बरिष्ठ संवाददाता, बिग एफएम पोखराको समाचार प्रमुख र पोखरा आवाज दैनिक पत्रिकासंग आबद्ध छन् ।

मालेपाटनका स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सूर्यप्रसाद, सूवर्णप्रसाद र रुदप्रसादका परिवारद्वारा स्थापित पश्चिमाञ्चलकै प्रतिष्ठित मानिने यो पुरस्कारको राशी २० हजार र प्रमाणपत्र छ ।


२७४ भदौ ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...