माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसहित १ दर्जन नेता रातारात एमाले प्रवेश

  • पोखरा ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण काउछासहित दर्जन बढि नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार राति अबेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउछासहितका नेताहरुलाई एमाले प्रवेश गराएका हुन् ।

केन्द्रिय नेताहरु शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनु खत्री, विष्णुप्रसाद शर्मा, हिमालय बख्रेल, बाबुलाल लामा, लोकबहादुर पुन मगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, डिलकुमारी थापा, उमा हमाल लगायत छन् ।

कास्कीबाट एमाले प्रवेश गरेका बालकृष्ण काउछालाई माओवादी केन्द्रले आर्थिक हिनामिना गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टा नपुग्दै उनि लगायतका नेताहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टीले सोधेको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए उनलाई कारबाही गर्ने चेतावनी माओवादी केन्द्रले दिएको थियो । तर काउछाले पत्रको जवाफ दिनुको सट्टा पार्टी नै फेरिदिएका छन् ।

अध्यक्ष ओली सहित, सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिना, सचिव जगत विश्वकर्मा, केन्द्रिय सल्लाहकार कमिटि उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रिय सदस्य सूर्य थापा लगायतले कास्कीबाट प्रतिनिधित्व गर्ने यी नेताहरुलाई एमालेमा स्वागत गरेका थिए ।

अध्यक्ष ओली प्रदेश नं. २ का विभिन्न चुनावी सभामा सहभागी भएका कारण काठमाण्डौं फर्कन ढिलाई भएकोले पार्टी प्रवेश कार्यक्रम अबेर गरिएको एमालेले जनाएको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...