पिकअप फ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • उर्लाबारी।
उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० नंको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका– १० बस्ने ४० वर्षीय मदन आचार्यको मृत्यु भएको हो ।

मंगलबार अपराह्न पिकअपको ठक्करबाट गम्भीर घाइते उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।

ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेकाले खोजी भइरेहको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...