१८ बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपाल र भारतको भीडन्त हुने

  • काठमाडौं ।
उपाधी जित्ने चारवटै टीमको समान सम्भावनाका विच साविक विजेता नेपालले १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा बुधबार भारतसँग खेल्दैछ । खेल बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।

नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् । तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादे दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् ।

लगातार दोस्रोपटक उपाधी नेपाल भित्राउन नेपालले बुधबार भारतलाई त हराउनैपर्छ भने बंगलादेश र भुटानको खेलको गोल अन्तरपनि नेपालको अनुकुल आउनुपर्छ ।

भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो ।

पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...