पञ्‍चा सिंह बनिन् सर्वाधिक मत ल्याउने क्रान्तिकारी उपाध्यक्ष (मतपरिणामसहित)


काठमाडौं । 

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको छ । 

शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार सबैभन्दा कर्णालीकी चेली पञ्‍चा सिंहले पाएकी छन् ।

महिला उपाध्यक्षकी उम्मेदवार पञ्‍चाले कुल खसेको १ हजार ७ सय ४ मतमध्ये १ हजार ५४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी लक्ष्मी प्रधानले ५२४ मत मात्र पाइन् । स्कूले जीवनबाटै जनयुद्ध हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी पञ्‍चा सहिद परिवार समेत हुन् ।

लामो समयसम्म वर्ग संघर्षमा होमिएकी पञ्‍चा शान्तिप्रक्रियासँगै खुला राजनीतिमा आएकी हुन् । कालिकोटको सिमखेत गाउँमा जन्मेकी उनी २०५९ सालमा पूर्णकालिन रुपमा विद्यार्थी राजनीतिमा हाम फालेकी थिइन् ।

अखिल क्रान्तिकारीभित्र माओवादी आन्दोलन र शैक्षिक मुद्धालाई प्रष्टसँग राख्ने छवी बनाएकी छन् । चुनावको परिणामपछि प्रतिकिया दिदै पञ्‍चाले विद्यार्थीको हक हितको लागि शैक्षिक आन्दोनलभित्रका विकृति विसंगतीविरुद्ध लड्ने प्रतिवद्धता जाहेर गरेकी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...