'जनसत्ताले काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई वारेन्ट जारी गर्ने'

  • पोखरा । 
नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले आफ्ना नेता-कार्यकर्तामाथिको धरपकड र गिरफ्तार नरोकिए सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई आफूहरुले वारेन्ट जारी गर्ने बताएका छन् । 

पुनले गिरफ्तार नेताहरुलाई तत्काल रिहाई नगरे गिरफ्तारमा संलग्न प्रहरी तथा प्रशासनका कर्मचारीलाई पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिए ।

अखिल क्रान्तिकारी कास्कीको २१ औं जिलला सम्मेलनको उद्घाटन गर्दैै नेता पुनले सत्तारुढ दलकै षड्यन्त्रले आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झुटा मुद्दामा फसाईएको बताए । उनले आफूहरु पनि चुप लागेर नबस्ने चेतावनी दिए ।

केही दिन पहिले मात्रै नेकपाका कास्की सेक्रेटरीसहित एक दर्जन नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।सम्मेलनलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

२०७४ भदौ ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...