प्रचण्ड रोल्पा जानु भन्दा एक दिन पूर्व नेकपाका राप्ती इन्चार्ज गिरफ्तार

  • दाङ ।
नेपाल कम्युनस्टि पार्टीका राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’लाई प्रहरीले गिरफ्तार गरेको छ। इन्चार्ज बाठामगरलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को खोजीमा खटिएको प्रहरीले बाठामगरलाई गिरफ्तार गरेको हो ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष घर्तीलाई बिहिबार अज्ञात समुहले नियन्त्रणमा लिएको थियो । घर्तीको गाउँपालिका थवाङमा शनिबार गाउँसभा कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमको पुर्बसन्ध्यामा बेपत्ता भएका घर्तीको अबस्था अहिलेसम्म अज्ञ्यात रहेको छ । गाउँसभाको उदघाटन गर्न शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महरा थवाङ जाँदैछन्।

२०७४ भदौ ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...