चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, भन्छन् उत्कृष्ठ शहर बनाउछु

  • चितवन । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। 

चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’

भरतपुरलाई स्मार्ट सिटी बनाउन आफूले चिनियाँहरुसँग समेत कुरा राखेको बताउँदै उनले छिट्टै यसको गुरुयोजना बन्ने बताए । 

भने, ‘चितवन देशकै राजनीतिक र आर्थिक गतिविधिको केन्द्र हो, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ।’

,

प्रतिकृया दिनुहोस्

Loading...