उर्मिलाका कारण माओवादीमा भाडभैलो, कार्यकर्ताद्वारा पार्टीको झन्डा र प्रचण्डको पुत्ला दहन

  • वीरगञ्ज । 
तेस्रो चरणको स्थानीय निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादीभित्र भाडभैलो झन बढेको छ ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तराई मधेसमा माओवादी केन्द्रका कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध उत्पात मच्चाउएका छन् ।

असोज २ गते हुने स्थानीय निर्वाचनका लागि पर्साको वीरगञ्ज महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले आफूनिकट कार्यकर्तालाई मात्र टिकट दिलाएको भन्दै आक्रोसमा उत्रिएका कार्यकर्ताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला लजाएका छन् । त्यतिमात्र हैन उनिहरूले पार्टीको झण्डा र  र नेतृ अर्यालको समेत पुत्ला जलाएका छन् ।

प्रचण्डको लहलहैमा लागेर माओबादी केन्द्रमा  प्रवेश गरेकी नायिका रेखा थापासँगै उर्मिला पनि माकेमा प्रवेश गरेकी थिइन्  । उनी माओवादीबाटै मन्त्री समेत भइसकेकी छन् । यद्यपी रेखा अहिले माओवादी परित्याग गरी पशुपति राणा समूहको राप्रपा प्रजातान्त्रिकमा आबद्ध छिन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा अर्यालले आफूनिकट कार्यकर्तालाई टिकट दिएको विरोधमा घन्टाघरमा भेला भएर प्रदर्शनमा उत्रिएका असन्तुष्ट नेता कार्यकर्ताले पार्टीको झण्डा जलाउँदै प्रचण्ड र उर्मिलाको पुत्ला जलाइदिएका हुन् ।

यो घटनाले माओवादी केन्द्रमा चुनावी वातावरण विग्रिने भन्दै प्रचण्ड तनाबमा छन्ब । प्रदेश नम्बर दुईमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन हुदैछन् ।

२०७४ भदौ २३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...