चुनावको मुखैमा उम्मेदवारका भतिजाको निर्मम हत्या भएपछि रौतहटमा तनाव

  • रौतहट । 
चुनावको मुखैमा रौतहटमा राष्ट्रिय जनता पार्टीबाट मेयरका उम्मेदवारका भतिजाको हत्या भएको छ ।

मौलपुर नगरपालिकाका मेयरका उम्मदेवार रवीन्द्रकुमार पटेल (धिरज) का दाई रवीन्द्र पटेलका छोरा बलवीरको हत्या भएपछि स्थिति असामान्य बनेको छ ।

बलबीरको हत्या माओवादी कार्यकर्ताले गरेको भन्दै राजपाले आक्रोश पोखेको छ । सोहि बिषयलाई लिएर  मौलपुर नगरपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी आमनेसामने भएका छन् ।

चुनाव प्रचारप्रसारका लागि आफ्नो गाउँ आएका बेला माओवादी कार्यकर्ताले मंगलबार निर्घात कुटपिट गरी बलवीरको हत्या गरेको राजपा रौतहटका संयोजक शेख जमसैदले जनाएका छन् ।

जमसैदले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न चेतावनी दिएका छन् । माओवादी र राजपाबिच तनाब बढेपछि  प्रहरीले थप झडप र अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको छ ।

२०७४ भदौ २८ मा प्रकाशित । तस्विर: दैनिक नेपाल

, ,

प्रतिकृया दिनुहोस्

Loading...