सकरदही र तिलाठीमा राजपाको प्यानलै विजयी (मतपरिणामसहित)

  • राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ । 

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ । 

गोइतले २४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता (यादव)ले ११० मत प्राप्त  । 

राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ । 

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ । 

हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोलि असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी छ । 

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गर्नुभएको छ । सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको छ । 

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ । 

२०७४ असोज ४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...