लेस्टर सिटी चौथो चरणमा प्रवेश


काठमाडौं ।

लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा लेस्टर सिटीले दोस्रो हाफमा दुई गोल गर्‍यो । ६५ औं मिनेटमा शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । 

७८ औं मिनेटमा सलाम स्लीमानीले गोल गरेपछि लेस्टर २–० ले विजयी भयो । राति नै भएको खेलमा बार्नस्लीलाई १–० ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । टोटनह्यामको जितमा ६५ औं मिनेटमा डेल अलीले गरेको गोल निर्णायक बन्यो ।

२०७४ असोज ४ मा प्रकाशित  ।

,

प्रतिकृया दिनुहोस्

Loading...