कारवाहीबाट ६२ लाख राजस्व संकलन


पोखरा । 

जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ । 

सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिए ।

उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । मापसे गरी सवारी चलाउने ५९९ सवारी चालक कारबाहीमा परी तिनले रु पाँच लाख ९९ हजार तिरेको सूचना अधिकारी थापाले बताए । 

यस्तै बढी भाडा लिने ११ बस र छ ट्याक्सी, हर्न निषेध उल्लंघन गर्ने ४५ ट्रक, ३५ बस, ६४ जिप÷कार, ६५ मोटरसाइकल पनि कारबाहीमा परेका छन् । त्यस्तै मोटरसाइकललाई रुपान्तरण गरी चलाउने ६८ मोटरसाइकल चालक र ट्याक्सीमा मिटर नराखी बढी भाडा लिने १७२ ट्याक्सी पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ । 

२०७४ असोज ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...