घरमै बसीबसी तलव पचाउने शिक्षकमाथि अखिल क्रान्तिकारीले गर्‍यो यस्तो कारवाही

  • नुवाकोट । 
सिक्षा क्षेत्रमा मौलाएको विकृतिबिरुद्ध आक्रामक रुपमा अगाडी देखिएको अखिल क्रान्तिकारीले दलाल, भ्रष्टाचारी र माफियाहरूमाथि भकाभक कारवाही गरिरहेको छ ।

यसैबीच क्रान्तिकारीले नुवाकोट दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ ।

विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्‍न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...