सडकमा नाचेको भिडियो भाइरल भएपछि १४ बर्षिय किशोर पक्राऊ


साउदी अरबको एक व्यस्त सडकमा नाचिरहेको भिडियो भाइरल बनेपछि प्रहरीले एक १४ वर्षीय किशोरलाई गिरफ्तार गरेका छन्। ती किशोरलाई ‘सार्वजनिक स्थानमा अनुचित व्यवहार गरेको’ आरोपमा सोधपुछ गरिरहेको बताइएको छ।

तर १९९० को बहुचर्चित गीत माकारेनामा नाचिरहेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। सो भिडियो करिब एक वर्ष पुरानो भएको विश्वास गरिएको छ। ती किशोर कुन देशका हुन् भन्ने खुलेको छैन।

यसअघि पनि साउदी अरबमा मिनिस्कर्ट लगाएर पूरातात्विक महत्वको स्थानमा घुमेको भन्दै एक महिलालाई पक्राउ गरेर छोडिएको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...