मन्त्री बिस्टको गाडीले ठक्कर दिंदा २ घाइते, प्रहरीको साहारामा मन्त्रीलाई भगाईयो

  • काठमाडौं ।
काठमाडौंको बानेश्वरमा नेपाल सरकारका एक जना मन्त्री सवार गाडीले ठक्कर दिँदा २ जना घाइते भएका छन्। 

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

घाइते हुनेमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र अन्जु श्रेष्ठ रहेका छन्। ठक्करबाट घाइते भएका दुवै जनाको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको स्रोतले जनाएको छ । 

माइतीघरतिरबाट लेन मिचेर तिव्र गतिमा आइरहेको मन्त्री बिस्टको गाडीले बाइनेस्वरमा बाइकलाई ठक्कर दिएको हो ।

ठक्करपछि बाटो काट्न लाइनमा बसिरहेका प्रत्यक्षदर्शीले रोक्न प्रयास गर्दा गर्दै पनि मन्त्रीको गाडी त्यहांबाट भागेको थियो। 

आफ्नो गाडीले सर्वसाधारणलाई ठक्कर दिएर घाइते बनाइसकेपछि पीडितको उद्दार गर्नुको मन्त्री बिस्ट प्रहरीको सुरक्षा घेरामा भागेका थिए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...