पोखरामा केपी ओलीकै अगाडी युवाहरुबिच खुँडा हानाहान् (भिडियो सहित)

  • पोखरा ।
पोखरास्थित सराङ्कोट महोत्सव स्थलमा केही युवाहरुले खुँडा हानाहान् गरेका छन् । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली प्रमुख अतिथी रहेको कार्यक्रमका युवाहरुले खुँडा हानाहान गरेपछि ओली दंग परेका थिए ।

तर उक्त खुँडा  हानाहान कुनै झगडा या ग्यांग फाइटका कारण भने पट्टक्कै होइन । १० बर्ष पछि पोखराको पर्यटकीय स्थल सराङ्कोटमा हुदै गरेको महोत्सवको उद्घाटनका दिन युवाहरुको जमाथले खुँडा हानाहान् गरेका हुन् । 

महोत्सवको परम्परालाई थेग्दै झाँकी प्रस्तुत गर्ने क्रममा युवाहरुले हातमा लामा–लामा खुँडा हानाहान् गरेका थ थिए । यो एक प्रकारको परम्परागत नृत्य नै हो । 

सराङ्कोट महोत्सवले यो लोप हुन लागेको नृत्य झाँकीको रुपमा प्रस्तुत गरेको थियो । शुक्रबार महोत्सवको  उदघाटन गर्दै ओलीले उक्त नृत्यको प्रशंसा गर्दै यसलाई जोगाउनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म रेल ल्याएरै छाड्ने प्रतिवद्धता दोर्याए । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रकृया सुरु भइसकेको र केही बर्षभित्र सन्चालनमा आउने उनले बताए। रेलमार्ग निर्माणमा केहि ढिलाई भएपनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाई छ ।

सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामासुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन ।

यस्तो थियो खुँडा हानाहान् गर्ने नृत्य (भिडियो हेर्नुहोस्)

,

प्रतिकृया दिनुहोस्

Loading...