उत्तर कोरियाले खतरानाक हाइड्रोजन बम परिक्षण गरेपछि जापान र दक्षिण कोरियालाई झट्का

  • काठमाडौं । 
उत्तर कोरियाले नयाँ र आधुनिक प्रविधिसहितको हाइड्रोजन बम परिक्षण गरेको छ ।उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले हाइड्रोजन बमको सफल परीक्षण गरिएको बताएको हो । 

परीक्षण गरिएको हाइड्रोजन बम मिसाइल लोड गर्न सकिने खालको रहेको बताएको समाचार संस्था एएफपी र रोयटर्सले जनाएका छन् ।  उक्त बमको नेता किम जोङ उनले निरिक्षण गरेको बताइएको छ ।

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले नेता किमले बम परीक्षणका लागि निर्देशन सम्बन्धी पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हाइड्रोजन बमको सफल परीक्षणले देशको परमाणु कार्यक्रमको अन्तिम लक्ष्य पुरा हुने देखिएको दाबी गरेको छ । 
अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत मार हान्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास गरेको उत्तर कोरियाको सरकारी संचार जनाएको छ ।

यसअघि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो । ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाने गरी उत्तर कोरियाले गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणपछि जापान तथा दक्षिण कोरियाले सुरक्षा सतर्कता बढाएका छन् । 

यस्तै दक्षिण कोरिया सुरक्षा अधिकारीको बैठक बसेको छ । दक्षिण कोरियाले अबको कदमका बारेमा अमेरिकासँग परामर्श गरिरहेको छ ।

२०७४ भदौ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...