१सय २२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (हेर्नुहोस् अहिलेसम्मको ताजा अपडेट)

  • काठमाडौं । 

१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ९ बजेसम्म १ सय २१ स्थानीय तहको मात्र परिणाम आएको छ। 

असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ३, संघीय फोरम ४, माओवादी २, एमाले ३ तहमा अगाडि छन्।

को कहाँ अगाडि

कांग्रेसले अग्रता लिएका स्थानीय निकाय
बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु
सप्तरी:-कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान
सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहट:-कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सा:-वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी

माओवादीले अग्रता लिएका स्थानीय निकाय
धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव
बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल

एमालेले अग्रता लिएका स्थानीय तह
बारा :-कलैया उपमहानगरपालिका विनोद शाह
बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी
सप्तरी:-शम्भुनाथ नगरपालिका जितेन्द्र प्रसाद गुप्ता कलवार

२०७४ असोज ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...