दशैंको अवसर पारेर बुधबारबाट स्टक क्लियरेन्स मेला सुरु हुदै

  • काठमाडौं ।
दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा शुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पुरा भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । 

भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिनेछ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । 

इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । 

मेला अबधीभर ५० हजार उपभोक्ता मेलाको अवलोकन गर्ने इभेन्ट सोलुसन्सले अनुमान गरेको छ । 

२०७४ भदौ १९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...