कम्युनिष्ट नेता बास्तोलाले भने जनताले सिंहदरवारमा बम हान्ने बेला भयो

  • काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोलाले सिंह दरबारमा नेपाली जनताले बम हान्नु पर्ने बताएका छन् । 

शान्ति बाटिकामा नौ वाम राजनीतिक दलहरुले आयोजना गरेको 'प्रधानमन्त्रिको भारत भ्रमण र राष्ट्रियताको प्रश्न' बिषयक सडक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले अगाडि भने सबै भन्दा पहिले भारतीय साम्राज्यवादको पिछलग्गु बनेर नेपालका स्रोत तथा साधन भारतलाई बुझाउने निरर्णय गर्ने भवनमा नेपाली जनताले बम हान्नु पर्छ । भारतको पैसा लिएर नेपाली जनतालाई बन्दुक तेर्साउने काम सिंह दरवारमा बस्नेहरुले गर्दै आ्रएका छन् । 

दोस्रो संबिधान सभा चुनावको प्रशंग कोट्याउदै उनले भने चितवनमा एमाले नेता बिष्णु पौडेल र बाबुराम भट्टराई लाई चुनाव खर्च दिने एकै भारतीय संस्था थियो । जसले क्रमशः २३ करोड र १५ करोड दिएको थियो । 

भोलीका दिनमा सत्य तथ्य खुल्दै जाला । भारतले नेपालमाथि सधै औपनिबेशिक नीति लादुदै आएको र नेपालका नेता पिछलग्गु भएर नेपालको सम्पती भारतलाई बुझाउदै आएका समेत बताए । 

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा र जनसमाजवादी पार्टी लगायतका वाम दलहरुको सहभाभिता रहेको थियो ।

२०७४ भदौ १९ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...