क्रान्तिकारी सुर्खेतको अध्यक्षमा बुढा, शैक्षिक माफिया बिरुद्ध सङ्घर्ष छेड्ने उद्घोष

  • काठमाडौँ । 
अखिल क्रान्तिकारी सुर्खेतको जिल्ला अध्यक्षमा कमलसिंह बुढा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट क्रन्तिकारी सुर्खेतको २२औं जिल्ला सम्मेलनबाट बुढाको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिती निर्वाचित भएको छ । 
सम्मेलनमा संगठनका केन्द्रिय सचिबालय सदस्य केबि मल्लको प्रमुख आथित्यता र नेकपाका जिल्ला ईन्चार्ज धुर्ब, सेक्रेटरि यमराजको बिशेष उपस्थिति रहेको थियो ।  

शिक्षामा नेपाली नागरिकको समान पहुच हुनुपर्ने माग राख्दै पछिल्लो समय बिबिध सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाईरहेको क्रान्तिकारी देशब्यापी संगठन बिस्तार एबं सुदृढ अभियानमा लागेको छ ।


क्रान्तिकारी सुर्खेतको सम्पन्न २२औं सम्मेलनबाट निर्वाचित समितिको तर्फबाट आफ्नो प्रतिबद्धता मन्तब्य राख्दै अध्यक्ष बुढाले आफुहरु शैक्षिक माफिया र दलालहरुका बिरुद्ध निरन्तर संघर्ष गरिरहने बताएका छन्। 

त्यस्तै उनले आम उत्पीडित विद्यार्थीका पक्षमा आगामी दिनहरुमा सशक्त आन्दोलनको थालनी गर्ने र जनवादी शिक्षा प्राप्तिको बाटोमा अबको बिद्यार्थी आन्दोलनलाई डोहोर्याउने बताएका छन् ।

२०७४ असोज ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...