नेता कार्यकर्ता रिहाईको माग गर्दै नेकपा कार्यकर्ताद्वारा सरकारी सवारी तोडफोड

  • आश तमु, पोखरा ।
सरकारले बिना कारण आफ्ना नेता कार्यकर्ताहरुको गिरफ्तारी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी कास्कीले सरकारी सवारीसाधनमाथि आक्रमण गरेको छ ।

आफ्ना नेता कास्कीका सचिव नन्द प्र.तिवारीका साथै गिरफ्तार अन्य ३ जना कार्यकर्ताको रिहाइ नगरेको भन्दै उनीहरुले सरकारी सवारीसाधन तोडफोड गरेका छन।

पोखरा लेखनाथ स्थित रत्न चोकमा बा १ झ नम्बरको सवारी नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन।पोखरा सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोगमा केही दिन अघि देखि प्रहरीले कास्की सचिव जगन प्र.तिवारी लगाएत केही कार्यकर्ता र बजारका व्यापारीहरुलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

हिरासतमा राखिएका उनीहरुलाई विष्पोटक प्रदाथ ओसार पोसार एन अन्तरगर्त मुद्दा चलाईएको कास्की प्रहरीले जनाएको छ । 

नेकपा गण्डकले सस्तो बजारमा आफ्नो पार्टीले बम नराखेको र आफ्ना नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएको भनी पहिलो चरण अन्तर्गत सरकारी सवारी साधनमाथी रोक लगाएको थियो।

२०७४ असोज ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...