अमेरिकाकालाई चेतावनी दिदै किम जोङले भने- पछी पछुताउनु पर्ला

  • काठमाडौँ । 
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो परमाणु कार्यक्रम रोक्ने प्रयास गरे अमेरिकाले पछी पछुताउनु पर्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाको सरकारी संचारमाध्यमका अनुसार अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएपछि उत्तर कडा प्रतिक्रिया दिएको हो ।

उत्तर कोरियाले हालै हाइड्रोजन बम परीक्षण गरेको विरोध गर्दै अमेरिकाका सहयोगी देशहरुले प्योङयाङलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको बताएका छन् ।

नयाँ प्रतिबन्ध पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित छ । उत्तर कोरियाको आम्दानीको मुख्य स्रोतमध्येको एक कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ ।

संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाको कच्चा तेल निर्यातमाथि प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाले प्रतिबन्धको जवाफ छिटै दिने बताएको छ । त्यस्तै उनले अमेरिका रक्तपपिाशु जनावर भएको भन्दै उसले दुःख र पीडा भोग्नु पर्ने बताएका छन् ।

२०७४ भदौ २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...