‘दशैं–तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’

  • काठमाडौं ।
मोबाइलबजारको पर्यायका रुपमारहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइलकम्प्लेक्सलेदशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहारयोजनाल्याएको छ । 

भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथपाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारलेमोबाइलको मोडल हेरेर५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए । 

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा गर्ने मोबाइल महोत्सब सफल रहने बिश्वास ब्यक्त गरे । 

यसैगरि मुख्य प्रायोजक मोटोरोला र लेनेभोका निर्यातक कम्पनी लाइफ कमका प्रबन्ध निर्देशक तथा मोबाइल इम्पोर्टर एशोसिएशनका महासचिब अमित अग्रवालले ताम्राकारमा हुने मोबाइल मेलामा लेनेभो र मोटोरोलालाई मुख्य पार्टनरको रुपमा अनुबन्ध गरेकोमा आयोजकलाई धन्यबाद ब्यक्त गरे । 

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोकामोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ । 

ताम्राकार मोबाइलबजार मान्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मकाविभिन्न ब्राण्डका मोबाइल सेट उपलब्धछन् । मोबाइलबजारमादशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएकाअफर तथाउपहार पनिपाइने छन् । 

नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमामोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने गरिने छ । 

मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एकमात्रमोबाइलबजार ताम्राकार मोबाइलकम्प्लेक्समा नेपालमाउपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ ।

मोबाइल मेलाअबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने छ भने एउटामोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ । 

मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा ताम्रकार कम्प्लेक्सका संचालक प्रदिप रत्न ताम्राकार, पाको युथ क्लबका अध्यक्ष प्रबिन मान श्रेष्ठ, पूर्व अध्यक्ष अमृत मानन्धर, ताम्राकार मोबाइल ब्यापार संघका सचिब गुरुदत्त शर्मा र कोषाध्यक्ष अनिल ढकालको उपस्थिती रहेको थियो । 

२०७४ भदौ २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...