ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु

  • काठमाडौं ।
काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइलकम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । 

मोटोरोला र लेनेभो मोबाइलको मुख्य प्रायोजनमा बिहिबारबाट सुरु भएको उक्त मेलामा ताम्राकार मोबाइल बजारले मेला अबधीभर मोबाइलको मोडल हेरेर५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ । 

नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिनेछ । यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथापावर बैंक लक्की ड्र मार्फत बितरण गरिने अध्यक्ष जगत साउदले जानकारी दिए।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए । 

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मकाबिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्धभएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथाउ पहार पनि उपभोक्ताले पाउने जानकारी दिए।

यसैगरी साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने छ । 

मोबाइल मेलाअवधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

त्यस्तै महोत्सवमा छठपर्व सकिने बित्तिकै सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटर तथा एउटा मोटरसाइकल भने दशैं अगाडी नै लक्की ड्र मार्फत बितरण गरिने अायाेजकले जनाएकाे छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...