दशैंका लागि भदौ २७ देखि अग्रिम टिकट बुकिङ गर्न सकिने


काठमाडौं ।

बडा दशैंका लागि यात्रुलाई सहजका लागि भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुदैछ ।

यातायात ब्यवस्था विभागमा महानिर्देशकसहित यातायात ब्यवसायी महासंघका प्रतिनिधिबीच भएको वार्तामा ब्यवसायीको माग पूरा गर्ने सहमतिपछि २७ गतेदेखि बुकिङ खुला गर्ने सहमति भएको हो। 

यसअघि गसरकारले भदौ २२ गतेदेखि नै अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरे पनि यातायात ब्यवसायीले आफूहरुको माग पूरा नभएको भन्दै अस्वीकार गर्दै आएका थिए । शनिवार ब्यवसायी र सरकारबिच बार्ता सकारात्मक रुपमा टुंगिएसँगै २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुन् लागेको छ ।

यात्रुहरुको सहजताका लागि यात्रुहरुको लगेज राख्न गाडीको छत राख्न दिने, सरकार र यातायात ब्यवसायीको तर्फबाट अनुगमन गर्ने तथा भाडादर समायोजन गर्ने सहमति भएपछि विभागले जनाएको छ । 

यात्रुकै हितका लागि आफूहरुले सडकको खाल्डाखुल्डी पुर्नुपर्ने, यात्रुको झिटीगुण्टा राख्न दिनुपर्ने माग जायज भएको कुरा मन्त्रीले समेत स्वीकार गरेको सिटौलाले बताए । 

सरकारसँग सहकार्य गरेर काम सेवा दिन आफूहरु तयार रहेको र छतमा यात्रु चढाउनेलाई कारबाही गर्नुपर्नेमा आफूहरु पनि सहमत रहेको उनले बताए ।

यसअघि यातायात ब्यवस्था विभागले २२ गतेदेखि नै टिकट बुकिङ खुल्ला नगर्नेलाई समितिलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

२०७४ भदौ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...