काँग्रेस तरुण दलका नेता बमसहित पक्राउ

  • गुल्मी । 
नेपाली काँग्रेस तरुण दलका नेता तारा श्रीस बमसहित गुल्मीबाट पक्राउ परेका छन् ।

उनको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

आइतबार लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार श्रीसलाई चेकजाँजका क्रममा रेसुंगा नगरपालिका २ को चेकप्वाइन्ट बाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्थानीय निर्वाचन चुनावबाट काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका उनी काँग्रेसको भातृ संगठन तरुण दलका नेताका रुपमा चर्चित छन् ।

बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ भदौ २५ मा प्रकाशित ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...