उनको हाईड्रोजन बम बिस्फोटपछि डरायो अमेरिका, दियो यस्तो प्रतिकिया

  • काठमाडौँ । 
अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गरेपनि आफू युद्धको पक्षमा नभएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका लागि उमेरीकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको शक्तिशाली परमाणु बमको परीक्षणले नयाँ युद्धको सुरुवात गरेको बताएकी हुन् ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत हेलीले उत्तर कोरिया र नेता किमले युद्धको सुरुवात गरेको बताईन् ।

अमेरिका युद्धको पक्षमा नरहेको तर आफूहरुको धैर्यता असिमित रहेको हेलीले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने बताईन् ।

बैठकमा उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ । परमाणु परीक्षण्को प्रतिक्रिया स्वारुप दक्षिण कोरियाले सोमबार लाइभ–फायर एक्सरसाइज गरेको थियो ।

उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा कयौं गुणा ठूलो रहेको विश्लेषण गरिएको छ ।

२०७४ भदौ २० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...