मृत्युदण्डको सजाय पाएकी यी सुन्दरीले गोली हान्ने सैनिकलाई ‘फ्लाइङ्ग किक’ दिएपछि


एजेन्सी।

जासूसीका लागि विश्वमै प्रख्यात सुन्दरी मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारीलाई आजभन्दा ठिक सय वर्ष अघि मृत्युदण्ड दिइएको थियो ।

उनलाई झण्डै ५० हजार जनाको मृत्युका लागि दोषी ठहर गर्दै फ्रान्सले मृत्युदण्ड दिएको हो । उनले आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी थिइन् ।

उनी प्रख्यात नृत्यांगना थिइन् । पहिलो विश्वयुद्धका क्रममा उनी पेरिसमा नृत्यांगनाका रुपमा प्रख्यात थिइन् । उनको नृत्य हेर्नका लागि सेनाका उच्च तहका अधिकारी तथा ठूला नेताहरुसमेत आउने गर्दथे ।

यही समयमा उनले एक देशको गोप्य सूचना अर्को देशलाई उपलब्ध गराउने काम थालिन् । भनिन्छ, त्यतिबेला जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग उनको सम्बन्ध थियो ।

उनको विवाह इन्डोनेसियामा तैनाथ नेदरल्याण्डको सेनाका एक अधिकारीसँग भएको थियो । विवाहपछि उनीहरुले केही समय जाभा प्रान्तमा गुजारेका थिए । त्यहाँ पनि उनी एउटा नृत्य समूहमा आवद्ध भइन् । सोही क्रममा उनले आफ्नो नाम माता हारी राखेकी थिइन् ।

यत्तिकैमा फ्रान्स सरकारले उनलाई पैसाको बदलामा जासुसी गर्न प्रस्ताव गरेको थियो । प्रथम विश्वयुद्धमा माता हारीकै माध्यमबाट फ्रान्सले जर्मनीको कयौं महत्वपूर्ण सूचना हासिल गरेको थियो ।

रकम आर्जन गर्ने लालचमा उनले जर्मनीका लागिसमेत जासुसी गर्न थालिन् । एकातिर जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने दोहोरो भूमिकामा उनी सक्रिय भइन् ।

सन् १९१७ मा फ्रान्सको गुप्तचर निकायलाई माता हारीको दोहोरो भूमिकाबारे जानकारी हुनासाथ उनलाई नियन्त्रणमा लियो । फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेको थियो ।

सोही प्रमाणमा उनलाई ५० हजार जनाको मृत्युको जिम्मेवार ठहर्‍याइएको थियो । १५ सेप्टेम्बर, १९१७ मा उनलाई गोली हानी मृत्युदण्ड दिइयो । उनी त्यतिबेला ४१ वर्षकी थिइन् ।

समाचार एजेन्सीहरुका अनुसार गोली हान्नका लागि तैनाथ सुरक्षाकर्मीका सामून्ने उनलाई उभ्याइयो । गोली हान्नु अघि उनलाई आँखा चिम्लिन भनिएको थियो तर उनले गोली हान्न तयार सैनिकलाई नै ‘फ्लाइङ्ग किक’ दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Loading...