राम लिम्बुको 'निश्चल आँखा' सार्वजनिक (भिडियो सहीत)


गायक राम लिम्बुको नयाँ गित ‘निश्चल आँखा तिम्रो’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब मार्फत गित सार्वजनिक भएको हो । 

गितमा गायक राम लिम्बुकै शब्द र संगित रहेको छ भने संगित संयोजन अमित गुरुङले गरेका छन । लामो समयको मेहनत पछी एउटा स्तरीय गित सार्वजनिक गर्न सम्भव भएको गायक लिम्बुले प्रतिक्रिया दिएका छन। 

गित र भिडियोको स्तरीयताको कारण दर्शक, श्रोताले गित मन पराउनेमा गायक लिम्बु आशावादी देखिएका छन । गितको म्युजिक भिडियोमा चल्तीका कलाकार निराजन प्रधान र मेलीसा खतिवडाले अभिनय गरेका छन । 

फलानो क्रियशनले तयार पारेको भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । सरोज अधिकारीले छायांकन गरेको भिडियोमा रंग संयोजन टेकेन्द्र शाहले गरेका हुन । 

भिडियो हेर्नुहोस 

प्रतिकृया दिनुहोस्

Loading...