कम्युनिस्ट एकतामा माउ पार्टीलाई विद्यार्थी संगठनहरुले साथ दिने

  • काठमाडौं ।
एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकताको सहमति भएसँगै भातृ संगठनहरुबीच पनि एकता प्रक्रिया सुरु भएको छ । यसको पहिलो शुरुवात विद्यार्थी संगठनहरुबाट भएको हो ।

एमाले सम्बद्ध अनेरास्ववियु,माओवादी सम्बद्ध अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त वक्तव्य जारी गरी माउ पार्टीको चुनावी तालमेल र एकीकरण प्रक्रियालाई स्वागत गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा,अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले विज्ञप्ति मार्फत एकता प्रक्रियामा आफूहरु पनि सहभागी हुने बताएका हुन् ।

पार्टीहरुबीचको चुनावी तालमेललाई साथ दिने र पार्टी एकीकरणमा सघाउँदै विद्यार्थी संगठन पनि एकीकृत हुने गरि अघि बढिएको छलफलमा सहभागी बिद्यार्थी नेताहरुले बताएका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...