सातजना नेपाली नारी अमेरिकामा सम्मानित

  • अमेरिका । 
समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ । 

१ सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरुले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा साहित्य, गायन, समाजसेवा, पत्रकारिता तथा खेलकुद क्षेत्रमा सक्रिय महिलाहरुलाइ अमेरिकाका लागी नेपाली राजदुत डा.अर्जुन कार्कीे र सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले सम्मान पत्र प्रदान गरेकी हुन् । 
सम्मानित हुनुहुनेमा साहित्यतर्फ सिता पाण्डे, निलम कार्की निहारिका, गायनतर्फ सपनाश्री, पत्रकारितातर्फ माम्पी घोष, खेलकुदतर्फ मिरा राई र सामाजसेवातर्फ केमिका भण्डारी र जोली अमात्य रहका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले अमेरिकाको व्यस्त दैनिकीका बावजुद आफ्नो क्षेत्रमा निरन्तर सक्रिय रहनसक्नु आफैँमा महत्पूर्ण कार्य हो भन्दै सम्मानित व्यत्तित्वहरुको प्रशंसा गरे । 

सर्वाेच्च अदालतका न्यायाधीश प्रधानले संविधानमा व्यवस्था भएको अधिकारको उपयोग गर्नका लागी आंफै सचेत हुनुपर्न बताइन । “नेपालको संविधानले महिला अधिकारको बारेमा अग्रगामी व्यवस्थाहरु पनि गरेको छ तर त्यसको उपयोगको लागी हामी आफैँ सचेत हुनु जरुरी छ,” वनले भनिन । 

कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले एनआरएनले नारि शशक्तिकरणको क्षेत्रमा उल्लेखनिय काम गरेको बताए । 

क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिला अधिकारको कार्यान्वयन नहुने वताए । 

एनआरएनए अमेरिका महिला समिति संयोजक राधा ज्ञावलीले महिला अधिकारको लागि महिला एकताको अवश्यकता भएको बताइन । 

कार्यक्रम एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...