संसारलाई चकित पार्नेगरी घामबाट बिजुली निकाल्छन् यी ५ देश

  • काठमाडौं ।
संसारभर ऊर्जाका विभिन्न स्रोतहरुको खोजी भइरहेको बेला सौर्य ऊर्जा उत्पादनमा विशेष ध्यान दिने मुलुकहरुको संख्या पनि बढिरहेको छ ।

त्यसमा विश्वका विकसित भनिएका मुलुकले नै सौर्य ऊर्जालाई आफ्नो प्रमुख ऊर्जाको स्रोत बनाएका छन् । संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, इटाली, जापानले पछिल्लो समयमा सौर्य ऊर्जालाई विशेष प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाएका छन् ।

पेट्रोलियम पदार्थको विकल्पमा सौर्य ऊर्जालाई अगाडि बढाउने लक्ष्यका साथ ठूलो मात्रामा लगानी समेत गरिरहेका छन् ।

जर्मनी

सौर्य ऊर्जा उत्पादनमा विशेष ध्यान दिदै आएको जर्मनीले ३८.२ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । सोही परियोजनाबाट १७७ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गर्ने रणनीतिक लक्ष्य अगाडि सारेको छ । देशको कुल ऊर्जा खपत मध्ये ५० प्रतिशत सौर्य ऊर्जाबाट उपलब्ध गराउने लक्ष्यमा सो देश रहेको छ ।

नविकरणीय ऊर्जालाई ऊर्जाको प्रमुख स्रोत बनाउने लक्ष्य बनाइएको छ । सन् २०५० सम्म नविकरणिय ऊर्जा मार्फत कुल ऊर्जा उपलब्ध गराउने जर्मनीको योजना रहेको छ ।

चीन

संसारकै धेरै जनसंख्या भएको र अत्याधिक कार्बन उत्सर्जन गर्ने मुलुकको रुपमा रहेको चीनले सौर्य ऊर्जा उत्पादनलाई विशेष प्राथमिकतामा राखेको छ । उसले लाखौ मेगावाट बराबरको सौर्य ऊर्जा प्लान्ट सञ्चालन गरिरहेको छ भने त्यसको दशौ गुणा बढी सौर्य ऊर्जा उत्पादनको योजनालाई अगाडि बढाइरहेको छ ।

सूर्यमुखी फूलको शैलीमा घाम जता जान्छ उता नै सौर्य पाता फर्कने प्रणालीको विकास समेत चीनले गरिसकेको छ । तिब्बतको विशाल पठारमा उसले लाखौ हेक्टरमा सौर्य ऊर्जा प्रणाली जडानको योजना अगाडि सारेको छ ।

जापान

उल्लेख्य मात्रामा खाली जमिन र सूर्यको सदाबहार किरण प्राप्त नहुने भएपनि जापानले पछिल्लो समयमा सौर्य ऊर्जा प्रणालीलाई आफ्नो रणनीतिक उद्देश्यका साथ अगाडि बढाएको छ ।

सन् २०१४ को तथ्यांकलाई विश्लेषण गर्ने हो भने जापानले २३.३ गिगावाट आवर ऊर्जा सौर्य प्रणालीबाट उत्पादन गरेको छ । हालसम्म आइपुग्दा त्यसको मात्रा बढेर ३५.६ गिगावाट आवरमा पुगिसकेको छ ।

फुकुसिमा न्यूक्लियर प्लान्टमा भएको डिजास्टरपछि उसले वैकल्पिक ऊर्जा प्रणालीलाई बुम गर्ने लक्ष्य राखेको छ । सौर्य ऊर्जालगायत अन्य नविकरणिय ऊर्जाको स्रोतलाई दोब्बर बनाउने लक्ष्य जापानको रहेको छ । उसले विभिन्न् टापुलाई सोलार आइल्याण्डको रुपमा विकास गर्ने रणनीतिक योजना समेत अगाडि सारेको छ । पानी प्रतिरोध सौर्य प्रणाली जडान नै उसको हालको प्राथमिकता देखिएको छ ।

इटाली

यूरोपेली मुलुक इटालीले हाल सौर्य प्रणालीबाट करिब २२.५ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरेको छ । सन् २०१४ मा १८.५ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरेको उक्त देशले कुल ऊर्जाको स्रोत मध्ये हाल १२ प्रतिशत ऊर्जा सौर्य प्रणालीबाट उपलब्ध गराएको छ । कर छुट दिइएको र नविकरणीय ऊर्जाको स्रोतलाई प्रमुख प्राथमिकतामा राखिएको जनाइएको छ ।

अमेरिका

संसारभरकै ऊर्जाका स्रोत कब्जा गरेको आरोपको साना गर्ने अमेरिकाले पनि पछिल्ला दिनमा सौर्य ऊर्जाको स्रोतलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

सन् २०१४ मा १८.३ गिगावाट आवर सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरेको अमेरिकाले आगामी २० वर्षमा सौर्य ऊर्जा उत्पादनलाई दोब्बर गर्ने लक्ष्य राखेको छ । उसले १८ विलियन डलर खर्च गर्दै सुरु गरेको परियोजनामा अर्बौ डलर खर्च गर्ने योजना अगाडि सारेको छ ।

नविकरणीय ऊर्जाको स्रोत पहिचान र उत्पादनमा उसले विशेष ध्यान दिएको छ । जुन संसारभरका लागि समेत खुसीको विषय हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...