अन्तत: पूर्व डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश

  • काठमाडौं ।

अन्ततः पूर्व डिआइजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन्।

शुक्रबार क्वालिटी ब्याङ्केट बानेश्वरमा भएको कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन्। उनलाई एमाले अध्यक्ष केपी ओलीले टीका र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडी चढेर पुगेका थिए । उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सिलवाल नेपाल प्रहरीको महानिरीक्षक बन्ने दौडमा थिए।

तर कांग्रेस–माओवादी गठबन्धन सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गर्यो। सरकारी निर्णयका विरुद्ध सिलवाल सर्वोच्च अदालत गए। सर्वोच्चले चन्दको नियुक्ति बदर गरिदियो। तर चन्दको नियुक्ति बदर भएपनि सरकारले सिलवालको साटो प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्यो। अर्यालको नियुक्तिले आफूलाई अन्याय परेको भन्दै सिलवाल फेरि अदालत गए।

लामो समय निर्णय हुन नसकेको सिलवालको मुद्दा केही दिनअघि सर्वोच्चले खारेज गरिदियो। सर्वोच्चमा मुद्दा खारेज भएपछि सिलवालले नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका थिए।

यसअघि नेपाल प्रहरीका पूर्वआइजिपी रविन्द्रप्रताप शाह माओवादीका प्रवेश गरेका थिए भने पूर्व एआइजी गणेश राई र सशस्त्र प्रहरी बलका रिसवदेव भट्टराई नयाँ शक्तिमा प्रवेश गरेका थिए।
२०७४ असोज २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...