जब नाइजेरियाका जिउदै चिम्पान्जी काठमाडौं हुदैँ भारततिर...

  • काठमाडौं ।
नाइजेरियाबाट नेपाल हुदैँ भारतमा जिवित बन्यजन्तुको तस्करी हुन थालेको छ।

चिम्पान्जी, बाँदर, सुगा लगायतका बन्यजन्तुको तस्करी भइरहेको सिआइबीले जनाएको छ। पछिल्लो पटक काठमाडौं हुदैँ भारत लैजान लागेको अवस्थामा सिआइबीले २ वटा चिम्पान्जी, ८ वटा बाँदर, गोल्डेन फेजन चरा ७ वटा, रिङनेट फेजन चरा २ वटा, परेवा ३८ र सुगा ६५ वटाको जिवितै उद्धार गरेको छ।

यी सबै वन्यजन्तु नाइजेरियाबाट नेपाल ल्याइएको थियो । बन्यजन्तु तस्करी गरेको आरोपमा प्रहरीले २ जना नेपाली, ३ जना भारतीय र एक जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले सबै वन्यजन्तु काठमाडौं ३ बाँसबारीस्थित संजिव भारीको घरबाट उद्धार गरेको हो। उद्धार गरिएको बन्यजन्तुलाई जावलाखेल चिडियाखानामा राखिएको छ।

२०७४ कार्तिक १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...