तिहारका लागि १५ लाख थान माला आवश्यक, के भन्छन् एसोसिएसन अध्यक्ष श्रेष्ठ ?

  • काठमाडौं । 
तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने भएको छ । तिहारका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा आफूहरु रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ ।

श्रेष्ठका अनुसार गत वर्ष करिब ११ लाख वटा मालाको कारोबार भएको थियो । त्यसमध्ये दुई लाख फूल भारतबाट आयात गरिएको थियो । गत वर्षको मालाको माग र बर्सेनि देखिएको बढोत्तरीलाई आधार मान्दा यस वर्ष करिब चार लाख थान थप खपत हुने अनुमान छ ।

तिहारमा सबैभन्दा धेरै सयपत्रीको माला खपत हुन्छ । कुल खपतमध्ये सयपत्री ५०, गोदावरीले ३५ र मखमलीले १५ प्रतिशत हिस्सा ओगट्छन् ।

श्रेष्ठका अनुसार तिहारमा प्रतिमाला ५५ देखि ७० रुपैयाँसम्ममा कारोबार हुन्छ । गत वर्ष पनि सोही दरमा मालाको किनबेच भएको उनको भनाई छ ।

२०७४ असोज २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...