दार्जीलिङमा फेरि हिंसात्मक झडप, प्रहरी सहायक निरीक्षकसहित २ को मृत्यु

  • काठमाडौं ।
अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किएको छ ।

शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुुन् ।

झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख गरिएको छ ।

मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको बताइएको छ । ती मृतकको सनाखत हुन सकेको छैन ।

त्यस क्षेत्रमा मार्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दाबी गरेको इन्डिया टुडेको अनलाइन संस्करणमा उल्लेख छ ।

यसअघि बिहीबार मोर्चाका अध्यक्ष गुरुङले अक्टोबर ३० तारिखमा आफू जनता माँझ आउने भन्दै अडियो सूचना सार्वजनिक गरेका थिए ।

२०७४ असोज २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...