गौचनकै हालतमा पुर्याइदिने धम्कीसहित कांग्रेसका यी नेतालाई आयो गुण्डाको फोन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLt0fJFBMw0KsU0L9zEVclN-lhzvlryS8JNEFLH_05jkleOAEOJ6U-Tn-ngLgfkHmnqHIdLa_u7d2IQTwpb1vPKUAbWUZBrpKzuAsLmrzgFuEksuWfCJQmZCRJtV9p1pUcjs0V5545yQiP/s1600/gauchan_lama_.jpg)
- काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।
सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लामाले भने, ‘मलाई नो कल आएडीबाट चारपटक फोन आयो । एक करोड रुपैयाँ माग्दै उनीहरूले धम्क्याएका छन् ।’
डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए ।
२०७४ असोज २४ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...