विश्व क्रिकेट लिग: हङकङसँग नेपाल ८३ रनले पराजित

  • काठमाडौँ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र ३४.५ ओभरमा मात्र १११ रनमा समेटियो ।

मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन । केही खेलाडीहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।

ओपनर सागर पुनलाई मात्र ३ रनमा गुमाएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हाल्न खोजे तर मल्ल २१ रन बनाएर अजिज खानको बलमा आउट भए ।

लगत्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि पारस खड्काल आरिफ शेखसँग नेपालको स्कोरबोर्डलाई अघि बढाए । तर, १८ औँ ओभरमा पारस आउट भएपछि नेपाल ६९ रनको स्थितिमा चार विकेट गुमाएको स्थितिमा पुग्यो ।

अन्त्यतिर विनोद भण्डारीले आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्दतले १८ रन बनाए पनि जीतका लागि त्यो काफी हुन सकेन ।

यसअघि, हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।

नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए ।

त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो ।

ओपनर जेम्स जोन एटकिन्सनले एक तर्फबाट पारी सम्हाले पनि अर्को तर्फ निरन्तर रुपमा विकेट खस्दै गयो ।

मध्य क्रमलाई ध्वस्त बनाउने क्रममा सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए ।

सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो ।

तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले । करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए । केसीले २ विकेट लिए ।

हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो ।विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।

हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना ११ खेलमध्ये ५ मा जीत तथा ६ मा हार बेहोरेको छ ।

२०७४ असोज २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...