उत्तर कोरियाका गँगटाहरु चीनमा देखिएपछि व्हाइट हाइसमा भूकम्प…

  • काठमाडौं । 
शीर्षक पढ्दा अचम्म लाग्छ होला । गँगटा र अमेरिकी राष्ट्रपतिबीच के सम्बन्ध छ भनेर ? तर अमेरिकी समाचार एजेन्सी सिएनएनले भने उत्तर कोरियाका गँगटाहरुका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनभित्र ठूलो भूकम्प गएको जनाएको छ।

समाचार एजेन्सीले एउटा बिस्तृत आलेख प्रकाशित गर्दै तमाम प्रतिबन्धका वावजूद पनि चीनले उत्तर कोरियामाथि प्रतिबन्ध नलगाएको ट्रम्पको आरोपको चर्चा गरेको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई निस्तेज पार्न चीनले पर्याप्त कसरत नगरेको ट्रम्पको आरोप छ । ट्रम्पको आरोपलाई जोड दिएका छन् उत्तर कोरियाका गँगटाहरुले ।

कसरी त ?

सिएनएनका अनुसार, उत्तर कोरिया चीनको एउटा ठूलो व्यापारिक साझेदार हो । उत्तर कोरिया र चीनबीच कैयन् सामानहरुको आदान प्रदान हुने गर्दछ । पछिल्लो प्रतिबन्धका आधारमा चीनले उत्तर कोरियासँगको व्यापार बन्द गर्नुपर्ने हो तर अहिले पनि उत्तर र चीनबीचको व्यापार चलिरहेको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको पारा तातेको हो ।

सिएनएनको टोलीले उत्तर कोरिया र चीनको सीमा क्षेत्रमा भ्रमण गरेर उत्तर कोरियाका गँगटाहरु चीनमा आयात गरिएको र यसको व्यापारको मात्रा निकै बढी भएको रिपोर्ट प्रकाशन गरेको हो । अमेरिकाले भने समुन्द्री खाद्यपदार्थ कोरियाबाट आयात गर्ने कुरामा प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाले वार्षिकरुपमा अनुमानित ३ सय मिलियन डलर बराबरको समुन्द्री खाद्यपदार्थ निर्यात गर्न गर्दछ । यसको सबैभन्दा ठूलो हिस्सा चीनमा जाने गर्दछ । ट्रम्प प्रशासनका अनुसार, यसमा प्रतिबन्ध नलगाउने हो भने यसले उत्तर कोरियालाई उसको आणविक हतियार प्रबद्र्धन गर्न आर्थिक श्रोत जुटाएको छ ।

गत अगस्तमा प्रतिबन्ध लागेपछि हुन्चुन जस्ता क्षेत्रमा ठूलो मात्रामा समुन्द्री खाद्यपदार्थको प्रशोधन रोकिएको थियो । कैयन् स्थानमा स्थानीय व्यापारीहरुले यसको बिरोध समेत गरे । तर यति हुँदा हुँदै पनि चीनमा उत्तर कोरियाको समुन्द्री खाद्यान्न पाउन मुश्किल नभएको सिएनएनले जनाएको छ ।

हुन्चुन प्रान्तमा पुगेको सिएनएनको टोलीले यसरी गँगटा बेच्ने कैयन् पसल फेला पारेको जनाएको छ । यी सबै पसलमा तस्करीको बाटोबाट गँगटा र अन्य समुन्द्री खाद्यान्न ल्याइएको थियो । प्रतिकिलो १३ सय जति नेपाली रुपैयाँमा यी गँगटाहरु बेचिएको सिएनएनको रिपोर्टमा उल्लेख छ । अमेरिकी प्रशासनले चीनलाई यसरी कुनै पनि बहानामा उत्तर कोरियासँग व्यापार नगर्न फेरी चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपतिले चीनको बारेमा गर्दै आएको टिप्पणीलाई समेत यो व्यापारबाट थप नैतिक बल मिलेको सिनएनएको विश्ल्ेषण छ । यो रिपोर्ट सार्वजनिक भइसकेपछि चीनले प्रतिबन्धको निर्णयको पालना गर्दै थप कडाई गर्नुपर्ने व्हाइट हाउसले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...