गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा !

  • आश तमु, पोखरा ।
छोटा लुगा लगाउदै अर्धनग्न भएर अश्लिल प्रस्तुति दिने गायिका ज्योती मगर पहिलो पटक आइतबार गुन्यूचोली लगाएर स्टेजमा देखिइन। 

पोखराको रामबजार युथ क्लवद्वारा आयोजित ५ औं सँस्करणको महोत्सवको अन्तिम दिन आफ्नो कला प्रस्तुत गर्न पुगेकी गायिका मगर गुन्यूचोलीमा देखिएपछि दर्शकहरुलाई पत्याउन गाह्रो भएको थियो।

गुन्यूचोली लगाएर तोकिएको समय भन्दा निकै ढिला आएकी मगर स्टेजमा पुगेपछि दर्शकहरु अक्क न बक्क परेका थियो । अश्लीलता प्रस्तुत गर्न निक्कै माहिर मानिने कलाकार मगरको छोटो लुगा हेर्दै आखा मार्न र जिब्रो टोक्न पाइन्छ भन्दै महोत्सवमा आएका युवाहरु उनको पहिरनले झन्डै बोर भएनन् ।


प्रतिकृया दिनुहोस्

Loading...