कास्कीबाट नेकपाका २ कार्यकर्ता पक्राउ



  • राज कुमार घिमिरे, पोखरा । 
नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कास्कीको अमरसिंह चोकबाट पक्राउ गरेको नेकपा कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा अखिल क्रान्तिकारी कास्की अध्यक्ष काजी गुरुङ र कोसाध्यक्ष मोहन बराम रहेका छन्। उनीहरुलाई भित्तेलेखन गर्दैगर्दा समातिएको कम्युनिष्ट पार्टीले बताएको छ ।

पक्राउ गरिका उनीहरुलाई राम बजार प्रहरी चौकीमा राखिएको छ । यसरी शान्तिपुर्ण रुपमा राजैनीतिक गतिविधि गर्दा समेत आफ्ना नेता कार्यकर्ताहरुलाई समातेर प्रहरीले राज्य आतंक नै मच्चाएको कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्द प्रसाद तिवारीले बताएका छन् ।

हिजो मात्रै एक महिना पहिलादेखि हिरासतमा रहेका नेकपाका जिल्ला सेक्रेटरीसहितका नेताहरुलाई प्रहरीले रिहा गरेको थियो । नेता कार्यकर्ताहरुलाइ रिहा गरेको २४ घण्टा नपुग्दै प्रहरीले पुनः २ जनालाई गिरप्तार गरेको हो ।

यता प्रहरीले भने यो समाचार तयार पार्दासम्म कम्युनिष्ट पार्टीका कार्यकर्ता किन पक्राउ गरिएको भन्ने बारेमा कुनै आधिकारिक धारणा सार्बजनिक गरेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...