लोहनी नुवाकोटका दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

  • नुवाकोट ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटका दुईओटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिस सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिस गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए ।

नुवाकोट, थानसिं निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिएपनि उनले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...