यिनै हुन ५७ बर्सिय महिलालाई सामुहिक बलात्कारपछि हत्या गर्ने अपराधीहरु...

  • काभ्रे । 
काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ।

बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो। प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

तत्कालीन भुम्लु गाविसका ३ का गोपाल परिवार, धुलिखेल नगरपालिका ७ का साधुराम विक, नमोबुद्ध नगरपालिकाका महेश परियार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १४ का सिताराम थापा, रामेछाप लखनौऊ १ का प्रकाश परियार र काभ्रे नाग्रेगगर्चेका दिलबहादुर प्रधानले पालैपालो बलात्कार गर्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

अभियुक्तहरुले प्रहरीसँगको बयानमा रक्सी खाएकाले अवस्थामा उक्त घटना भएको बताएका छन्। स्थानीहरुले बाटो हिँड्ने क्रममा मकै बारीको बीचमा शव देखेसंगै प्रहरीलाई खबर गरेका थिए।

मृतक महिलाको शव नजिक फुटेका चुरा, चप्पल, गाम्सा र पटुका फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए।काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ।

बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो। प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...