सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको बस बाटुलेचौरमा दुर्घटना

  • पोखरा।
कास्कीको मादी गाउँपालिकाको १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहेका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते भएका छन् ।

घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।

बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङको खोजी गरिरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...