युनाइटेड पोस्टको भ्रामक समाचारप्रति माइला लामाको आपत्ति: आरोप प्रमाणित गरेर देखाउ

  • काठमाडौँ ।
नेपाल कम्यनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका बिशेष ब्युरो इन्चार्ज माइला लामाले युनाइटेड पोस्ट साप्ताहिकमा प्रकाशित भ्रामक र झुट समाचारको खण्डन गरेका छन् । 

उनले इमान्दार मिडियासंग कुरा गर्दै आफुलाई जोडेर पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का क्षेत्री ‘असल’ यौनकाण्डमा मुछिएका र उनलाई कारबाही गर्न माइला लामाले विप्लवकहाँ उजुरी हालेको भन्ने गलत समाचार सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन् ।

'श्रोतको हवाला दिदै युनाइटेड पोस्टले कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र हत्या गर्ने उदेश्यले महासचिव विप्लव समक्ष मैले लिखित उजुरी नै दिएको र खड्काविरुद्धको उजुरीलाई कार्यान्वयन गर्नेतिर विप्लवले खासै चासो नदिएको गुनासो पार्टीभित्र बढ्दै गएको भन्ने कपोलकल्पित तथ्यहीन, बनिबनाउ र सुनियोजित समाचार हो ।' लामा भने ।

यसबारेमा आफुलाई कुनै जानकारी नै नभएको लामाको भनाई छ ।

लामाले भनेका छन्-'मलाई यसबारेमा कुनै जानकारी छैन। मैले महासचिव विप्लवकहाँ कुनै उजुरी दर्ता गराएको पनि छैन । यो सरासर हामीलाई बदनाम गराउन पार्टी नेतृत्व र आन्दोलनका विरुद्धमा सड्यन्त्र गर्न रचिएको चाल मात्र हो। हामी यस्ता भ्रामक कपोलकल्पित र तथ्याहिन समाचारका पछि नलाग्न आम जनसमुदाय, समर्थक, शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासंग अनुरोध गर्दछौ ।'

त्यस्तै लामाले पार्टीका नेताहरुको चरित्र हत्या गर्न पित पत्रकारिता गर्ने पत्रकारहरुलाई यदी समाचारमा भनिएको जस्तो यौन काण्डको कुनै प्रमाण भए प्रमाणसहित पार्टीको न्याय विभागमा उजुरी गर्न समेत चुनौती दिएका छन् । 

लामाले समाजको ऐनाको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई यस्ता कठपुतली पत्रकारहरुले बद्नाम समेत गराएको भन्दै त्यस्ता झुटको खेती गर्ने पत्रकार र पत्रिकालाई कारबाहीको दायरामा ल्याउन समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

त्यस्तै उक्त समाचारको बिषयलाई लिएर चन्द्रबहादुर खड्का क्षेत्री ‘असल’ले प्रेस नोट जारी गरेका छन् । 
उनले आफुसंग जोडेर युनाइटेड पोस्ट साप्ताहिकमा आएको समाचार सम्पूर्ण रुपले झुट भएको र उक्त समाचार आफ्नो चरित्र हत्या गर्ने र नेतृत्वलाई बदनाम गर्ने हेतुले प्रकाशित गरिएको बताएका छन् । 

खड्काले यो समाचारको प्रमोकाण्डा क्रान्ति बिरोधी षडयन्त्रको एक हिस्सा भएको समेत बताएका छन् । त्यस्तै खड्काले समाचार लेख्ने सम्बन्धित पत्रकारलाई प्रमाणित गर्न चुनौती दिएका छन्।


२०७४ असोज २६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...