सुत्न नजान्दा ज्यानै जान सक्छ, जानी राखौं केही तरिकाहरु


सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् ।

उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटाउँछ । यसले चाउरीपनलाई न्यून गर्छ । बेस्स्री घुर्नु यो सुताईको नकारात्मक पक्ष हो । तसर्थ घुराईलाई कम गर्न उचित सिरानीको प्रयोग गर्नुपर्छ ।

दायाँतिर फर्केर सुत्नुः यो पोजिसन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस पोजिसनले अनुहार र स्तनमा नकरात्मक असर गर्छ । महिलाको स्तन समेत लत्रन्छ । अनुहारको छाला रगडिन्छ । तसर्थ यस पोजिसनमा सुत्दा शिरानीको उचित तालमेल गर्नुपर्छ ।

भ्रुण जस्तै अवस्था : गर्भवती महिलाको गर्भको बच्चा जस्तो पोजिसनमा सुत्ने अवस्थालाई भ्रुण जस्तो सुताई भनिन्छ । ढाडलाई धेरै बंगाएर सुतिने यो पोजिसन स्वास्थ्यका लागि खराब मानिन्छ ।

यो पोजिसनले जोर्नीसम्बन्धी समस्या ल्याउँछ किनकी रातभर हाम्रो घुँडा प्राकृतिक पोजिसनमा हुँदैन । यो सुताईले घाँटी र स्पाइनमा असर गर्छ । यो पोजिसनले पनि अनुहारमा च्याउरी पार्छ । गर्भवती अवस्थामा मात्र यो उपयोगी हुन्छ ।

घोप्टो परेर नसुत्नुहोस्ः यो सुताइले स्पाइननलाई प्रत्यक्ष असर गर्छ । यो पोजिसनले जोर्नी र मांशपेशीमा अशर गर्छ जसले नशामा समस्या आउने, शरिरमा पीडा हुने, आलस्य बढ्ने आदि हुन्छ । पेटलाई थिचेर सुत्दा टाउको समेत दुख्छ ।

देब्रो ढल्केर सुत्नेः यो पोजिसनले शिरलाई प्राकृतिक अवस्थामा राख्छ । घुर्नेका लागि पनि यो पोजिसनले खासै असर गर्दैन । यो पोजिसनमा सुत्दा शरिरमा एसिडको प्रवाह न्यून हुन्छ । गर्भवती हुँदा यो पोजिसनमा सुत्दा धेरै फाइदा हुन्छ । 

एकातर्फ कोल्टे परेर सुत्ने मानिस जहिले पनि देब्रे फर्केर सुत्नुपर्छ । यो पोजिसनमा सुत्दा पाचन प्रणालीलाई सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्

Loading...