जिज्ञासा: महिला पुरुष दुबैका लागी कुन उमेरको यौन सम्पर्क बढी सन्तोषजनक ?


कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे यौनको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने यौनमा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।

तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने यौन सम्पर्क सबैभन्दा आनन्ददायक हुने देखाएको छ ।

तर पुरुषको हकमा भने यौनमा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा यौनबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा यौनको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा यौनमा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...