लस भेगस गाेलीकाण्ड: २ को मृत्यु, ठूलो हताहतीको आशंका

  • अमेरिका ।
अमेरिकाको लास भेगस शहरस्थित एउटा कसिनो रिजोर्ट नजिकै भीषण गोली चलेको बताइएको छ।प्रत्यक्षदर्शीहरुका अनुसार म्यान्डले बे कसिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो।

सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरु गोली चल्न थालेपछि भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ। गोली लागेका मानिसहरुलाई एउटा स्थानीय अस्पताल पुर्‍याइंदैछ।

हताहतीबारे आधिकारिक विवरण प्राप्त भएको छैन। यद्यपि कतिपय रिपोर्टहरुमा कम्तीमा दुईजनाको ज्यान गएको र २४ जना घाइते भएको जनाइएको छ। उनीहरुमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार रातिको साढे १० बजे गोली चल्न थालेको थियो र सयभन्दा बढी राउण्ड गोली चलेको आवाज सुनिएको थियो।मानिसहरु होटल, रेष्टुराँ र स्थानीय विमानस्थलमा शरण लिइरहेका छन्। -बीबीसीबाट

,

प्रतिकृया दिनुहोस्

Loading...